Section 28
जाँचबुझ गर्न सक्ने
: (१) कार्यालय प्रमुखलाई कुनै पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीमा संक्रामक रोक लागेको छ भन्ने शंका लागेमा त्यस्तो पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री रहेको जुनसुकै स्थानमा प्रवेश गरी जाँचबुझ गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीको जाँचबुझ गर्दा दफा १० बमोजिम नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेका रोगहरु लागेको पाइएमा कार्यालय प्रमुखले त्यस्तो पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीलाई हटाउन वा नष्ट गर्न आदेश दिनेछ ।
(३) उपदफा (२) बमोजिम सम्बन्धित धनीले पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन
सामग्री नहटाएमा वा नष्ट नगरेमा कार्यालय प्रमुख आफैंले त्यस्तो पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री हटाउन वा नष्ट गर्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिम पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री हटाउँदा वा नष्ट गर्दा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित धनीबाट सरकारी बाँकी सरह असूल उपर गरिनेछ ।